पाँच दशकपछि बल्ल बन्यो मेची पुल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पाँच दशकपछि बल्ल बन्यो मेची पुल

mechi pool

दमक, १८ माघ ।  हरेकपटक भोटको राजनीति गर्ने अस्त्र मानिएको मेची पुलको कथा अब सकिएको छ , तीन पटकसम्म शिलान्यस भएको यो पुल प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो । पूर्वी नेपाललाई भारतसँग जोड्नका लागि राजमार्गबाहेक अर्को पुल निर्माण भएको हो ।

यो पुल २०२२, २०४१ र २०६६ सालमा शिलान्यस भएको थियो । यस पटक पनि नौँ वर्ष लागेर निर्माण सम्पन्न भएको हो । जिल्ला सदरमुकाम भद्रपुरदेखि भारतसम्म जोड्ने यो पुल निर्माणका लागि पटक पटक आन्दोलन भए ।

भद्रपुरका पुराना स्थानीय तथा प्रदेश सांसद ओमप्रकाश सरावगीले राजनीतिक नेतृत्वसँग पहुँच कम भएर निर्माणमा लामो समय लागेको बताए । ‘हामीले पटक पटक पुल निर्माणका लागि दबाद दिएका थियौँ, तर हाम्रो पहुँच पुगेन,’ उनले भने, ‘यस पटक भने पुल जसरी पनि बनाउने भनेर लागेकोमा ९ वर्षमा भए पनि सकियो ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);