सात वर्ष बिति सक्दा पनि बाराको बङ्गरी पुल निर्माण हुन सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सात वर्ष बिति सक्दा पनि बाराको बङ्गरी पुल निर्माण हुन सकेन

बारा । बाराको प्रसौनी गाउँपालिका वडा न. ७ बन्जरिया टोलमा अवस्थित गाउँ संग शहर र सदरमुकाम कलैया संग सम्पर्क राख्ने उद्देशले निर्माण गर्न शिलान्यास गरिएको सात वर्ष बितिसक्दा पनि बन्जरिया स्थित बङ्गरी खोलाको पुल निर्माण सप्पन्न भएको छैन ।

२०७१ साल असार २९ गते देखि निर्माण को आरम्भ भएको उक्त पुलको पिलर मात्र निर्माण गरि काम अलपत्र पारेको भन्दै स्थानीयले पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी एलाइट मोना कन्स्ट्रक्सन र प्रसौनी वडा न ७ का वडा अध्यक्ष राम मणी गुप्ता र गाउँपालिका प्रमुख भोला प्रसाद गुप्ता सँग आक्रोशित बन्न थालेका छन ।

सडक डिभिजन कार्यालय हेटौंडा संग एलाइट मोना कन्स्ट्रक्सनले ५ करोड भन्दा बढी रकममा २०७३ साल असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरि सम्झौता गरे पनि हाल २०७८ साल असार महिना बिति सक्दा पनि निर्माणको ५ प्रतिशत पनि काम भएको छैन ।

पुल निर्माण चाँडो गर्न पहलका लागि स्थानीयले पटक–पटक वडा देखि गाउँपालिका कार्यालय र गाउँपालिका अध्यक्ष लाई पटक पटक खबर गर्दा समेत कुनै वास्ता नगरिएको बन्जरियाका एक स्थानीय कृष्णा पालले भन्ने । वर्षौँदेखि पुल निर्माण नहुँदा पुलको अभावमा स्थानीयवासीलाइ निकै समस्या भएको गुनासो धेरै स्थानियवासीको रहेको छ ।

स्थानीय नागेन्द्र साह कानुले भन्छन , ूगाउँसंग सदरमुकाम कलैया सम्म जान पुल नहुँदा बैकल्पिक रुपमा बासको पुल बनाएर आवत जावत गर्न बाध्य छौ ,पुलको कारण हरेक कुरा बाट बन्चित छौ । सवारी साधनहरु खोला बाट नै आवतजावत गर्ने गर्छन ।

अब वर्षातको समय आइसक्यो , अब फेरि खोलामा बाढी आउँन सक्छ ।हामी लाई फेरि आवत जावतमा कठिनाइ हुन्छ । हरेक वर्ष यस्तै समस्या भोग्नु परेको छ । यो वर्ष पनि समस्या भोग्नु पर्छ । अरु त धेरै दुःख छ । गाउँ मा कोही बिरामी भए एम्बुलेन्स जान पनि निकै कठिनाई छ । बाढी आए झन अप्ठ्यारो हुने गर्छ ।

पुल नबन्दा बन्जरिया गाउँ मात्र नभई इनर्वा, सुराहि ,मेथुरापुर , मटियरिया ,बसडिलवा ,प्रस्टोका ,बलुवा सहित अन्य गाउँका स्थानीयहरुलाई आवत जावतमा निकै कठिनाई भएको छ । यता प्रसौनी गाउँपालिकाले पुल निर्माणमा कुनै चासो देखाएको छैन ।

जनप्रतिनिधि हरु निर्वाचित भएको कार्यकाल सक्न लाग्दा पनि एउटा खोलाको पुल निर्माण गर्न सकेका छैनन । स्थानियवासीहरुको आश थियो कि जनप्रतिनिधिहरु निर्वाचित भए पछि पुल निर्माण कार्य सफल हुन्छ भनेर तर यो सपना कहिले पुरा हुन्छ अब हेरन मात्र बाकी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);