भौत्तिक उपस्थितिमा पठन पाठन नगर्न निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

भौत्तिक उपस्थितिमा पठन पाठन नगर्न निर्देशन

बारा । कोरोना भाईरसको तेश्रो भेरियेन्ट बढेदै गए पछि बाराको निजगढ नगरपालिकाले भौत्तिक उपस्थितिमा पठनपाठन नगर्न निर्देशन दिएको छ ।

कोरोना संक्रमितको संख्या बढीरहेको समयमा पनि भौतिक उपस्थितिमा पठनपाठन गराउँदै आएका विद्यालयहरुलाई नगरपालिकाले त्यसतो नगर्न निर्देशन दिएको हो ।

नगरपालिकाका विद्यालयहरुमा बैकल्पिक सिकाईको माध्यममबाट पठन पाठन गर्न यस अघि देखि नैं निर्देशन भएको र भौत्तिक उपस्थितिबाट पठन पाठन गर्ने भन्ने कुनै निर्णय नभएको सबैमा निजगढ नगरपालिकाका नगर प्रमुख सुरेश कुमार खनालद्वारा जारी विज्ञप्तीमा जनाईएको छ ।

कोरोनाको उच्च जोखिम कायमै रहेको बिद्यमान अवस्थामा स्वास्थ्य मन्त्रालयले समेत जोखिम फैलँदै गएकोले सावधानी अपनाउन अनुरोध गरेकाले भौत्तिक रुपमा सञ्चालनमा रहेका विद्यालयहरुलाई वैकल्पिक माध्यमबाट विद्यालय सञ्चालन गर्न निर्देशन भएको नगर प्रमुख खनालले जनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);