त्रिविद्वारा परीक्षा र पठनपाठन चैत मसान्तसम्म स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८३, सोमबार

त्रिविद्वारा परीक्षा र पठनपाठन चैत मसान्तसम्म स्थगित

tu-din

काठमाडौं, ६ चैत । त्रिभुवन विश्वविद्यालयले परीक्षा र पठनपाठन चैत मसान्तसम्म स्थगित गरेको छ । विश्वविद्यालयको कार्यकारी परिषद्को बिहिवार बसेको बैठकले सबै परिक्षा र नियमित कक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।

त्रिवि सभा तथा कार्यकारी परिषद्का प्रवक्ता सूर्यप्रसाद अधिकारीद्वारा जारी विज्ञप्तिमा अर्को सूचना नभएसम्मका लागि विश्वविद्यालयले तय गरेका परीक्षा र पठन पाठनका कार्यक्रम स्थगित भएको जनाइएको छ ।

बुधवार बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यही चैत मसान्तसम्म विश्वविद्यालय, बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरुको पठन पाठन चैत मसान्त सम्मका लागि बन्द गर्ने निर्णय गरेको थियो ।

ताजा समाचार