त्रिविद्वारा संचालन भैरहेका र संचालनको प्रक्रियामा रहेका सबै परीक्षाहरु स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

त्रिविद्वारा संचालन भैरहेका र संचालनको प्रक्रियामा रहेका सबै परीक्षाहरु स्थगित

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले सञ्चालित भइरहेका र संचालनको प्रक्रियामा रहेका सबै परीक्षाहरु स्थगित गरेको छ । सोमबार बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै परीक्षा सञ्चालन गर्न सकिने अवस्था नरहेको भन्दै सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले कोरोना महामारीको दोस्रो लहरका कारण विभिन्न स्थानमा लकडाउन र निषेधाज्ञा जारी भएको भन्दै केन्द्रीय वार्षिक तथा सेमेस्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु वैशाख १४ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको हो ।

त्रिविले सोमबार जारी गरेको सूचनामा वार्षिक तथा सेमेस्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);