त्रिविद्वारा वैशाख र जेठका लागि तय भएका सबै परीक्षा स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

त्रिविद्वारा वैशाख र जेठका लागि तय भएका सबै परीक्षा स्थगित

tu

काठमाडौं, २८ चैत । त्रिभुवन विश्वविद्यालयले वैशाख र जेठका लागि तय भएका सबै परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ साल वैशाख र जेठका लागि तय भएका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरिएको विश्वविद्यालयद्वारा प्रकाशित सूचनामा उल्लेख छ । यसअघि विश्वविद्यालयले चैत महिनाका लागि तय भएका सबै परीक्षा स्थगित गरिसकेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);