इजिप्टमा सवारी दुर्घटनाः नहरमा ट्राइसाइकल खस्दा नौ बालबालिकाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८३, बिहीबार

इजिप्टमा सवारी दुर्घटनाः नहरमा ट्राइसाइकल खस्दा नौ बालबालिकाको मृत्यु

दक्षिणी इजिप्टको अस्युत प्रान्तमा एउटा गुडिरहेको इन्जिनयुक्त ट्राइसाइकल नहरमा खस्दा नौ बालबालिकाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूका अनुसार मंगलवार भएको यस दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । अस्युत गभर्नरेटद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार उक्त दुर्घटना अबु टिग जिल्लामा भएको हो । दुर्घटना लगत्तै गभर्नर मोहम्मद अल्वानले घटनास्थलको भ्रमण गरी खोज तथा उद्धार कार्यको निरीक्षण गर्नुभएको थियो । उहाँले उद्धार कार्यलाई प्रभावकारी बनाउन कार्यकारी, सुरक्षा र उद्धार निकायहरूबीच आवश्यक समन्वय समेत गर्नुभएको छ । गभर्नर अल्वानले यस दुःखद् घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै नागरिकको जीवन रक्षा र सुरक्षा नै प्रशासनको उच्च प्राथमिकता रहेको बताउनु भयो । उहाँले पीडितको सहयोग र उद्धारका लागि उपलब्ध सबै स्रोतसाधन परिचालन गरिएको जानकारी दिनुभयो । भविष्यमा यस्ता दुर्घटनाहरू दोहोरिन नदिन गभर्नरले जलस्रोत तथा सिंचाई अधिकारीहरूसँगको समन्वयमा नहरका दुवै किनारमा कङ्क्रिट ब्यारियर (अवरोध) र अन्य सुरक्षात्मक उपायहरू तत्काल जडान गर्न निर्देशन दिनुभएको छ । स्थानीय प्रशासनले हालसम्म नौ जनाको मृत्यु भएको र दुई जना घाइते भएको पुष्टि गरेको छ । दुर्घटनाको सम्बन्धमा आवश्यक कानूनी र स्थलगत प्रक्रियाहरू जारी रहेको अधिकारीहरूले जनाएका छन् ।

Leave a Reply