टर्कीको अन्ताल्यामा कार दुर्घटनाः पाँच जनाको मृत्यु, दुई घाइते | ईमाउण्टेन समाचार

Our Network

भदौ २६ २०८३, शनिबार

टर्कीको अन्ताल्यामा कार दुर्घटनाः पाँच जनाको मृत्यु, दुई घाइते

टर्कीको दक्षिणी प्रान्त अन्ताल्यामा आईतवार एउटा कार सडकबाट नियन्त्रण गुमाएर खोँचमा खस्दा पाँच जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमकाअनुसार मनाभगत जिल्लाको बेयडिगिन नजिकै तासागिल–देरेबुकाक सडकखण्डमा उक्त दुर्घटना भएको हो । सात जना सवार उक्त कार अनियन्त्रित भई सडकबाट तल खोँचमा खसेको थियो । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ चिकित्साकर्मी, दमकल, सुरक्षाकर्मी तथा विपद् व्यवस्थापन प्राधिकरण (एएफएडी) का टोलीहरू उद्धारका लागि घटनास्थलमा पुगेका थिए । उद्धार टोलीले घटनास्थलबाट पाँच जनाको शव फेला पारेको छ भने घाइते दुई जनालाई उपचारका लागि हेलिकप्टरमार्फत नजिकैको अस्पताल लगिएको छ । अन्ताल्याका गभर्नर हुलुसी साहिनले दुर्घटनाको समयमा सवारी साधनमा सात जना सवार रहेको पुष्टि गर्नुभयो । घाइतेमध्ये एक जना गर्भवती महिला रहेको समेत उहाँले जानकारी दिनुभयो ।  स्थानीय प्रशासनले दुर्घटनाको कारणबारे अनुसन्धान शुरु गरेको छ ।

Leave a Reply