मुम्बईमा ट्रक र कार ठोक्किदा ९ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

मुम्बईमा ट्रक र कार ठोक्किदा ९ जनाको मृत्यु

मुम्बई । महाराष्ट्रको मुम्बई–गोवा राजमार्गमा एउटा भयानक सडक दुर्घटना भएको छ । कार र ट्रक एक आपसमा ठोक्किँदा त्यसमा सवार ९ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा तीन जना महिला पनि रहेका छन् । घटना रायगढको मानगाउँको रेपोलीमा भएको हो।

सडक दुर्घटना यति डरलाग्दो थियो कि कार उड्यो । ट्रक र कार एक आपसमा ठोक्किँदा कार पूर्णरुपमा क्षतविक्षत भई कारमा सवारको मृत्यु भएको थियो । घटना बिहीबार बिहान ४.४५ बजे रायगड जिल्लाको मुम्बई–गोवा राजमार्गमा भएको हो । तीव्र गतिको ट्रकले भ्यानलाई ठक्कर दिँदा नौ जनाको मृत्यु भएको छ भने एक बालक घाइते भएको बताइएको छ ।

मुम्बईबाट १३० किलोमिटर टाढा रायगडको रेपोली गाउँमा बिहान दुर्घटना भएको हो । मृतकका सबै आफन्त भ्यानमा रत्नागिरी जिल्ला गुहागर जाँदै गरेको प्रहरी उपरीक्षक सोमनाथ घार्गेले जानकारी दिए । ट्रक मुम्बईतर्फ गइरहेको थियो । मृत्यु हुनेमा एक बालिका, तीन महिला र पाँच पुरुष रहेका छन् ।

दुर्घटनामा घाइते भएकी चार वर्षीया बालिकालाई मनगाउँको अस्पतालमा लगिएको थियो। शव पोष्टमार्टमका लागि सरकारी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);