ट्रक र टयांकर ठोक्कीदा एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

ट्रक र टयांकर ठोक्कीदा एक जनाको मृत्यु

श्याम गुप्ता,१४ बैशाख बारा ।
बाराको अमलेखगञ्जमा बिहिवार बिहान ट्रक र टयांकर एक आपसमा ठक्कर खाँदा एक जनाको घटना स्थलमा मृत्यु भएको छ । दुर्घटनामा सात जना भने घाईते भएका छन् । भारतको बर्गिनियाबाट हेटौंडा तर्फ पेट्रोल लिएर हिडेको ना.५.ख.११०७ नम्बरको टयांकर विपरित दिशाबाट आउँदै गरेको लु.१.ख.९५८५ नम्बरको ट्रक एक आपसमा

ट्रक र टयांकर ठोक्कीदा एक जनाको मृत्यु

श्याम गुप्ता,१४ बैशाख बारा । बाराको अमलेखगञ्जमा बिहिवार बिहान ट्रक र टयांकर एक आपसमा ठक्कर खाँदा एक जनाको घटना स्थलमा मृत्यु भएको छ । दुर्घटनामा सात जना भने घाईते भएका छन् । भारतको बर्गिनियाबाट हेटौंडा तर्फ पेट्रोल लिएर हिडेको ना.५.ख.११०७ नम्बरको टयांकर विपरित दिशाबाट आउँदै गरेको लु.१.ख.९५८५ नम्बरको ट्रक एक आपसमा ठक्कर खाएको हो । दुर्घटनामा टयांकर चालक अमलेखगञ्ज वडा नं.१ का २८ बर्षिय हरि बिश्वकर्माको घटना स्थलमा मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा घाईते भएका सात जना मध्ये ट्रक चालक अर्घाखाँची सितारा वडा नं.६ का २० बर्षिय कमल गुरुङ्गको अवस्था गम्भिर रहेको र उपचारका लागि भरतपुर पठाईएको प्रहरी निरिक्षक गोविन्द कार्कीले जानकारी दिए । टयांकरमा पाँच जना र ट्रकमा तीन जना सवार रहेका थिए । दुर्घटनामा घाईते भएका अन्यको हेटौंडा स्थित चुरे हिल अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटना पछि पथलैया–हेटौंडा सडक खण्ड अवरुद्ध रहेको र खुलाउँने प्रयास भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);