धादिङमा दुई वटा ट्रक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

धादिङमा दुई वटा ट्रक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते

motercycle durghatana

धादिङ, १९ माघ । पृथ्वीराजमार्ग अन्तरगत धादिङको थाक्रे गाउँपालिका–२ कोइरालेमा २ वटा ट्रक एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्।

मुग्लिङबाट काठमाडौं जाँदै गरेको लु २ ख २७० नम्बरको ट्रकले बिग्रेर रोकिराखेको ना ६ ख ६४६५ नम्बरको ट्रकमा पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी ट्रकका सहचालक संखुवासभा घर भएका किरण कार्की र ट्रकमा सवार बर्दियाका सानोसुकी गाउँपालिका वडा नं ९ का किरण प्रताप गुरुङ्गको मृत्यु भएको छ।

त्यस्तै घटनामा लु २ ख २७० नम्बरको ट्रकका चालक नवलपरासीको सुनवाल नगरपालिका वडा नं ६ का लिलाराम अधिकारी र बाराको करैया गाउँपालिका वडा न ४ बस्ने कमल शाह पनि गम्भीर घाइते भएका छन् ।

उनीहरुलाई उपचारको लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा पठाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);