छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

death body

काठमाडौं। ललितपुर, सुनसरी, बाँके, रौतहट, सप्तरी र उदयपुरमा भएको सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । ललितपुरको ललितपुर महानगरपालिका–१५ हात्तिवनस्थित सडकमा रोकी राखेको बागमती प्रदेश ०१–००५ ख ९४७५ नम्बरको ट्रकमा बागमती प्रदेश ०२–००७ प ८६३८ नम्बरको स्कुटर गएराति ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक गोदावरी नगरपालिका–५ लेले घर भई हाल नख्खु बस्ने २० वर्षीय सुरेश मोक्तान रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि पाटन अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ भरौलीस्थित सडकमा को.१ च ७७९१ नम्बरको टाटा सुमोको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–५ सिमरबन बस्ने ६० वर्षीय दुखिलाल धामी रहेका छन् । उनको बुधबार साँझ मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि धरानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँकेको कोहलपुर नगरपालिका–११ दशबिगाह चोकमा भे.१ क १२५  नम्बरको गाडी र भे.४ प ३२५३ नम्बरको मोटरसाइकल बुधबार साँझ ठोक्किँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ६० वर्षीय राम बहादुर थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रौतहटको दुर्गाभगवती गाउँपालिका–२ भलोहीमा ना.३ त ५३७० नम्बरको ट्रयाक्टरको ठक्करबाट सोही ठाउँ बस्ने ७० वर्षीय किशोरी ठाकुरको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको शिवदर्शन अस्पताल सुकदेवचोकमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सप्तरीको रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारमा स.४ प १३३४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय दिप नारायण मेहताको बुधबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको यूनिक अस्पताल रुपनी हुँदै गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा थप उपचारको क्रममा मृत्यु भएको हो ।  मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उदयपुरको कटारी नगरपालिका–४ अडा कुन्नामा प्रदेश २–०१–००१ च ०२४३ नम्बरको बोलेरो गाडी बुधबार दुर्घटना हुँदा गाडीमा सवार सोही नगरपालिका–१३ बस्ने १८ वर्षीय विष्णु राउतको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);