पुष्पाः द रुल’मा अल्लू अर्जुनको पारिश्रमिक सय करोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पुष्पाः द रुल’मा अल्लू अर्जुनको पारिश्रमिक सय करोड

मुम्बई। सन् २०२१ को डिसेम्बरमा रिलिज फिल्म ‘पुष्पाः द राइज’को सफलतापछि अभिनेता अल्लू अर्जुनको लोकप्रियताले नयाँ उचाइ थपेको छ । यो फिल्मको सफलतापछि निर्माताहरु यसको सिक्वेल ‘पुष्पा २’को सुटिङ सुरु गरिसकेका छन् । निर्माताहरूले अघिल्लो संस्करणभन्दा नयाँ फिल्मको निर्माणमा कुनै कसर बाँकी राखेका छैनन् ।यही लोकप्रियताका कारण अल्लूले आफ्नो पारिश्रमिकमा दोब्बर बढाएका छन् । अल्लूले ‘पुष्पाः द राइज’का लागि ५० करोड पारिश्रमिक लिएका थिए । तर यसको सिक्वेलका लागि भने उनले सय करोड पारिश्रमिकको माग गरेका छन् ।

अल्लूमात्र होइन, ‘पुष्पा’ निर्देशक सुकुमारले पनि सिक्वेलका लागि पारिश्रमिक बढाएका छन् । ‘पुष्पाको सिक्वेलका लागि अल्लू अर्जुनले करिब सय करोड पारिश्रमिक मागेका छन् । तेलुगू फिल्म उद्योगमा यो नयाँ रेकर्ड हो’, फिल्म निकट स्रोतले भनेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);