सिरहामा करेन्ट लागेर एकजनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८३, बुधवार

सिरहामा करेन्ट लागेर एकजनाको मृत्यु

सिरहा। सिरहाको गोलबजारमा करेन्ट लागेर एकजना किसानको मृत्यु भएको छ।

धानखेतमा पानी पटाउने क्रममा पानी तान्ने मोटर चलाउने क्रममा बुधबार राती करेन्ट लागेर गोलबजार नगरपालिका–८ चोहर्वाका करिब ५५ वर्षीय अशेश्वर मण्डललको मृत्यु भएको हो ।घर नजिकै खेतमा पानी पटाइरहेका उनलाई रातीको खाना खानलाई बोलाउन जाँदा मृत भेटिएको पारिवारिक सदस्यले जानकारी दिए । प्रहरीले घटनास्थल मुचुल्का उठाई पोष्टमार्टमको लागि शव प्रादेशकि अस्पताल लहान पठाइएको जनाएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

ताजा समाचार