करेन्ट लागेर महादेव साहको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

करेन्ट लागेर महादेव साहको मृत्यु

current

सप्तरी । सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका-९ पत्थरगाडाका मनिष साहका ४२ वर्षीय छोरा महादेव साह छन् । साहलाई घर नजिककै रहेको पोखरीबाट मोटर जडान गरी नयाँ घरमा पानी पटाउने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेरपछि गम्भीर घाइते भएका साहलाई तत्कालै अस्पताल ल्याएको थियोे ।

राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइराखेक‍ो छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);