हेटौंडामा करेन्ट लागेर एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

हेटौंडामा करेन्ट लागेर एक जनाको मृत्यु

carrent

हेटौंडा । मकवानपुरको हेटौंडामा मोटरसाइकल धुने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१३ का ३५ वर्षीय सहदेव गोलेको मोटरसाइकल धुने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिए ।

हेटौंडा१३ पदमपोखरी स्थित शिवशक्ति वर्कशप सञ्चालन गर्दै आएका गोलेको बिहान ९ः५५ बजे करेन्ट लागेर गम्भीर घाइते भएपछि उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु हो । घटनाको थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);