देश फिल्मी संवाद र ‘ह्याङओभर’बाट चल्दैनः सांसद शर्मा | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८३, बुधवार

देश फिल्मी संवाद र ‘ह्याङओभर’बाट चल्दैनः सांसद शर्मा

काठमाडौँ ।

नेपाली काँग्रेसका सांसद युवराज शर्माले सरकार र सत्तारुढ दलको कार्यशैलीप्रति टिप्पणी गर्दै देश लोकप्रियतावाद र फिल्मी शैलीले नचल्ने बताउनुभएको छ । बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद शर्माले मुलुकका समसामयिक समस्या समाधानमा सरकार गम्भीर नभएको आरोप लगाउनु भयो । बैठकमा विशेष समय लिएर बोल्दै सांसद शर्माले देशमा १ देखि ५ वर्ष उमेर समूहका २ लाखभन्दा बढी बालबालिका कुपोषणको शिकार भइरहेको तथ्याङ्क प्रश्तुत गर्नुभयो । सरकारले ल्याउन लागेको सवारी तथा यातायात सम्बन्धी विधेयकको विषयमा पनि सांसद शर्माले कडा आपत्ति जनाउनु भयो ।

सरकारले ल्याउन लागेको सवारी तथा यातायात सम्बन्धी विधेयकको विषयमा पनि सांसद शर्माले कडा आपत्ति जनाउनु भयो । उक्त विधेयक कुनै दक्षिण भारतीय (मद्रासी) चलचित्रबाट प्रभावित भएर ल्याइएको टिप्पणी गर्दै उहाँले यसमा रहेका कठोर जरिवानाका प्रावधानहरू सच्याउन माग गर्नुभयो । उक्त विधेयक कुनै दक्षिण भारतीय (मद्रासी) चलचित्रबाट प्रभावित भएर ल्याइएको टिप्पणी गर्दै उहाँले यसमा रहेका कठोर जरिवानाका प्रावधानहरू सच्याउन माग गर्नुभयो । उहाँले समय निरपेक्ष कानुन निर्माण गरेर नागरिकलाई दुःख दिन नहुनेमा जोड दिनुभयो ।

Leave a Reply

ताजा समाचार