कुमार राईको संघर्ष र समर्पण ,सीमित स्रोतसाधनबीच नेपाली खेलकुदको भविष्य निर्माणमा निरन्तर प्रयास | ईमाउण्टेन समाचार

Our Network

असोज २६ २०८३, मंगलबार

कुमार राईको संघर्ष र समर्पण ,सीमित स्रोतसाधनबीच नेपाली खेलकुदको भविष्य निर्माणमा निरन्तर प्रयास

कविना बलामी,काठमाडौँ । नेपालमा खेलकुदको विकास र प्रतिभाशाली खेलाडी उत्पादनका विषयमा चर्चा गर्दा खेलाडीको मेहनत, लगनशीलता र प्रतिभासँगै उनीहरूलाई प्रशिक्षण दिने प्रशिक्षकहरूको योगदानलाई पनि उत्तिकै महत्त्वका साथ हेरिन्छ । यसरी राज्यले पनि खेलकुदको विकासलाई देशको समग्र विकाससँग जोडेर ध्यान पुयार्उन आवश्यक छ ।कुनै पनि खेलाडी एकै दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न सक्दैन । त्यसका लागि निरन्तर अभ्यास, अनुशासन, उचित मार्गदर्शन, आर्थिक सहयोग र आवश्यक पूर्वाधार आवश्यक पर्छ । तर नेपालमा धेरै प्रतिभाशाली खेलाडीले क्षमता देखाउने क्रममा विभिन्न चुनौतीको सामना गर्नुपरिरहेको छ । खेलाडीमा देशका लागि केही गर्ने ठूलो सपना हुन्छ, तर आर्थिक अवस्था कमजोर हुँदा आवश्यक प्रशिक्षण र खेल सामग्रीको अभावले त्यो सपना पूरा गर्न कठिनाइ भइरहेको छ । यस्तो परिस्थितिमा खेलाडीलाई निरन्तर प्रोत्साहन गर्दै उनीहरूको भविष्य निर्माणमा लागिपर्ने प्रशिक्षकहरूको भूमिका महत्त्वपूर्ण हुन्छ। यस्तै उदाहरणीय प्रयासमध्ये एक हुन् भलिबलका प्रशिक्षक कुमार राई, जसले सीमित स्रोतसाधन र विभिन्न कठिनाइका बाबजुद प्रतिभाशाली नेपाली खेलाडी उत्पादन गर्ने अभियानलाई निरन्तरता दिँदै आएका छन् ।

कुमार राईले निरन्तरको मेहनत, दृढ इच्छाशक्ति र खेलाडीप्रतिको समर्पणका माध्यमबाट थुप्रै प्रतिभाशाली खेलाडी उत्पादन गरेका छन् । उनले खेलाडीहरूलाई प्रशिक्षण दिने कामलाई केवल पेसाका रूपमा मात्र नभई आफ्नो जिम्मेवारी र उद्देश्यका रूपमा अघि बढाएका छन् ।कतिपय अवस्थामा नियमित अभ्यासका लागि उपयुक्त स्थान नहुँदा उनीहरूको प्रशिक्षण प्रभावित हुन्छ। यस्तो अवस्थामा प्रतिभा हुँदाहुँदै पनि खेलाडीले आफ्नो क्षमता पूर्ण रूपमा प्रदर्शन गर्न नपाउने सम्भावना रहन्छ। सीमित स्रोतसाधनका बीच पनि निरन्तरता कायम राख्नु हो। खेलकुदको क्षेत्रमा कुनै पनि उपलब्धि हासिल गर्न नियमित अभ्यास र पर्याप्त समय आवश्यक हुन्छ। खेलाडीले दिनहुँ अभ्यास गर्नुपर्छ, आफ्नो शारीरिक क्षमता बढाउनुपर्छ र प्रतिस्पर्धात्मक खेलका लागि तयार रहनुपर्छ। यसका लागि प्रशिक्षणस्थल, आवश्यक खेल सामग्री र व्यवस्थित वातावरण चाहिन्छ। तर यी सबै सुविधा उपलब्ध नहुँदा प्रशिक्षक र खेलाडी दुवैले कठिनाइ भोग्नुपरेको छ।

खेलाडीको आर्थिक अवस्था कमजोर छ भन्दैमा उनीहरूको प्रतिभा र सपना ओझेलमा पर्नु हुँदैन। खेलाडीको भावना बुझ्ने, उनीहरूको समस्या सम्बोधन गर्ने र प्रतिभा विकासका लागि आवश्यक वातावरण तयार गर्ने जिम्मेवारी राज्यको पनि हो। कुमार राईजस्ता समर्पित प्रशिक्षकको मेहनतलाई आवश्यक सहयोगले साथ दिन सके नेपाली खेलकुदले अझ धेरै प्रतिभाशाली खेलाडी उत्पादन गर्न सक्छ । त्यसैले खेलाडी र प्रशिक्षकको संघर्षलाई सम्मान गर्दै खेलकुद क्षेत्रको विकासमा राज्यले ठोस कदम चाल्नु आजको आवश्यकता हो ।

Leave a Reply

ताजा समाचार