भोटखोलाबाट गर्भवती महिलाको उद्धार | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

भोटखोलाबाट गर्भवती महिलाको उद्धार

संखुवासभा । संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका-१ किमाथांकाबाट गर्भवती महिलाको उद्धार गरिएको छ । अत्यधिक रक्तस्राव भएकी भोटखोला–१ किमाथांका निवासी १७ वर्षीया गर्भवती पेम्बा ल्हामु च्यावाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको भोटखोला गाउँपालिका स्वास्थ्य सहसंयोजक स्टाफ नर्स अमृता तामाङले बताइन् ।

गर्भवती १७ वर्षीया च्यावाको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत उद्धार गरिएको हो । अत्यधिक रक्तस्राव भएपछि च्यावालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काडमाडौं लगिएको हो । गर्भवती च्यावालाई अत्यधिक रक्तस्राव भएपछि बुधबार दिउँसो किमाथांका स्वास्थ्य चौकीमा भर्ना ल्याइएको थियो ।  

गर्भवती च्यावाको रक्तस्राव नरोकिएपछि बुधबार साँझ ४ बजे थप उपचारका लागि हेलिकप्टरमार्फत काडमाडौंको थापाथली प्रसूति गृहमा लगिएको स्वास्थ्य सहसंयोजक तामाङले बताइन् । दुर्गम क्षेत्रका ज्यान जाखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूलाई नि:शुल्क हवाई उद्धार गरी तोकिएका अस्पतालमा पुर्‍याउने व्यवस्था मिलाउने गरेको छ ।   

संखुवासभामा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हालसम्म आधा दर्जन बढी सुत्केरी तथा गर्भवती महिलाको उद्धार गरिएको छ । जिल्लामा हालसम्म ४ जना सुत्केरी महिलाले ज्यान गुमाइसकेका छन् । 

सरकारले दुर्गम भेगमा जोखिममा परेका गर्भवती, लगातार लामो व्यथा लागि बच्चा जन्माउन कठिनाइ भएका,गर्भमा नै बच्चाको मृत्यु भएमा र सुत्केरी पश्चात् अत्यधिक रक्तस्राव भएको अवस्थामा नि:शुल्क उद्धार गर्दै आएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);