सिरहामा करेन्ट लागेर एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सिरहामा करेन्ट लागेर एक जनाको मृत्यु

मुकेश कुमार यादव,
सिरहा । सिरहामा उपभोक्ता समितिको चरम लपरबाहीले करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

धनगढीमाई नगरपालिका वडा नम्बर-१२ विष्णुपुरकट्टीको बौका भनिने ३८ वर्षिय प्रमोद यादवको करेन्ट लागेर मृत्यु भएको हो ।

बिहान भैंसी लिएर पोखरीमा पानी खुवाउने क्रममा करेन्ट लागेर यादव र भैंसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका डीएसपी सरद थापा क्षेत्री बताएका छन् ।

धनगढीमाई नगरपालिका -१२ विष्णुपुरकट्टी स्थित जीर्ण अवस्थाको पोखरीमा स्थानिय बाटोमा ढल निर्माणको लागि विद्युतको खम्भाबाट तार डाइरेक्ट तानेर पोखरीमा मोटर जडान गरी तार खुल्ला छोडिएको स्थानीयले बताएका छन् ।

उक्त स्थानमा ढल निर्माणको लागि उपभोगता समिति मार्फत काम थालिएको छ । घटना पछि उपभोक्ता समितिका सदस्यहरु सम्पर्कविहिन रहेका छन् ।

मृतक यादवको एक छोरा र पाँच छोरी रहेकाे पारिवारिक स्रोतले जनाएको छ । आर्थिक अवस्था कमजोर रहेकोका कारण यादवले ज्याला मजदुरी गर्दै परिवारको जीवन धान्दै आएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);