भुइँमा खसेको बिजुलीको तारबाट करेन्ट लागेर दुईको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सिरहा, २५ भदौ । सिरहामा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ। मृत्यु हुनेमा धनगढीमाई नगरपालिका वडा नम्बर १२ का ४० वर्षीया लाटी पुलामी मगरको भुइँमा खसेको बिजुलीको तारबाट करेन्ट लागेर ज्यान गएको हो।

त्यसैगरी, लहान नगरपालिका १३ भोटियाटोलका ४० वर्षीय विष्णु चौधरीको करेन्ट लागेर ज्यान गएको छ। घरमा विजुलीको फ्यूज बनाइरहेका बेला करेन्ट लागेर घाइते भएका चौधरीको उपचारका लागि लहान लाँदै गर्दा बाटोमै ज्यान गएको इलाका प्रहरी कार्यालय लहानले जनाएको हो।

करेन्ट लागेर ज्यान गएका दुबै जनाको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार शारडा उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);