म्यानमारमा मुस्लिम समुदाय माथि भएको अत्याचार विरुद्व बाँकेमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बाँके, २५ भदौ । बर्माका अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायको सुरक्षाको माग गर्दै आइतबार नेपालगन्जमा विरोध र्‍याली निकालिएको छ ।

 

रोहिंंग्या समुदायमाथि भइरहेको हत्याहिंसाको विरोध गर्दै बाँकेका मुस्लिम समुदायले विरोध र्‍यालीको आयोजना गरेर सरकारलाई ज्ञापनपत्र बुझाएका हुन् । बाँकेका प्रमुख जिल्ला अधिकारीमार्फत उनीहरुले बर्मामा भइरहेको नरसंहार रोक्न कूटनीतिक दबाब सिर्जना गर्न आग्रह गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाएका छन् ।

 

सोमबार नेपालगन्जमा रहेको संयुक्त राष्ट्र संघको कार्यालयमा समेत ज्ञापनपत्र बुझाउने उनीहरुको तयारी छ ।

 

र्‍यालीमा सहभागीले ‘सामूहिक नरसंहार र हत्याहिंसा बन्द गर’, ‘मानवअधिकारको रक्षा गर’, ‘बाँच्ने र बस्न पाउने अधिकार बहाल गर’, ‘नोबेल पुरस्कारको इज्जत राख’ जस्ता नारा लेखिएका प्लाकार्ड बोकेका थिए । र्‍यालीमा विभिन्न राजनीतिक दलका अगुवा, मुस्लिम नेताहरु, महिला मुस्लिम अगुवाहरु, समाजसेवीहरु, युवा, पत्रकार र व्यवसायीको उपस्थिति थियो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);