मुस्लिमलाई मधेसी क्लस्टरमा राख्न गृहलाई पत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

मुस्लिमलाई मधेसी क्लस्टरमा राख्न गृहलाई पत्र

काठमाडौं । मुस्लिम आयोगले मुस्लिमलाई मधेसी कोटामा नै आरक्षणलाई निरन्तरता दिन गृहमन्त्रालयलाई पत्र पठाएको छ ।

मुस्लिम समुदाय मधेसी क्लस्टरमा नरहेको भन्दै आयोगले मधेसी कोटामा नै आरक्षणमा राख्न गृहलाई पत्र काटेको हो ।

आयोगले गृहलाई पत्र पठाएपछि चौतर्फी आलोचना भइरहेको छ ।

आयोगले मधेसमा रहेका जातजातिको क्लस्टर तयार गरी त्यसको प्रतिवेदन समेत बुुझाएको थियो ।

आयोगले मुस्लिमहरु मधेशी होइनन्, उनीहरुको छुट्टै क्लस्टर र पहिचान रहेको भन्दै विरोध भएको थियो ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी तथा त्यसका सदस्यहरुले पनि सो निर्णयको विरोध गरेका थिए । थारु आयोगले पनि विरोध जनाएको थियो । चौतर्फि विरोध हुन थालेपछि मधेसी आयोगले मुस्लिम तथा थारुलाई मधेसी समुदायको क्लस्टरबाट हटाएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);