मुस्लिमलाई पुनः मधेशीमा राख्न आयोगलाई आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मुस्लिमलाई पुनः मधेशीमा राख्न आयोगलाई आग्रह

काठमाडौं, १९ माघ । मुस्लिम आयोगले मधेशी आयोगलाई मुस्लिमलाई पुनः मधेशीकै रुपमा सिफारिस पाउनको लागि आवश्यक व्यवस्थापन गरिदिन अनुरोध गरेको छ । मुस्लिम आयोगले मधेशी आयोगलाई एक पत्र पठाउदै मधेशी आयोगले मुस्लिमलाई मधेशीको सूची बाट हटाएपछी मुस्लिमहरुले मधेशीको सिफारिस पाउन अवरोध देखिएको हुनाले सो अवरोध लाई हटाइदिन अनुरोध गरेको हो ।

मधेशी आयोग द्वारा प्रकाशित “मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन २०७८“ मा १४९ जात सहित थारु र मुस्लिम लाई पनि मधेशीको रुपमा सुचिकृत गरिएको थियो ्र प्रतिवेदन राष्ट्रपति समक्ष पेश भएपछी मुस्लिम र थारु आयोगका पदाधिकारीहरु सहित सो समुदायका विभिन्न संघ–संगठनहरुले मधेशी आयोगको सो निर्णय प्रति व्यापक विरोध गरेपछि आयोगले मङ्सिर २० गते बैठक बसी थारु र मुस्लिमलाई मधेशीको सूची बाट हटाएको थियो ।

मधेशीको सूची बाट मुस्लिमलाई हटाएपछी अहिले लोकसेवा लगायत विभिन्न निकायहरुमा प्रतिस्पर्धा गर्न मुस्लिम समुदायलाई सम्बन्धित निकायबाट मधेशीको सिफारिस पाउन अवरोध देखिएको कुरा मुस्लिम आयोगको पत्रमा उल्लेख गरिएको छ ।

मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तका अनुसार मधेशी आयोगले सुरुवातमा सबैलाई समेटेर नै आयोग अगाडी बढ्न खोज्दा सोही समुदाय र सम्बन्धित समुदायका आयोगका पदाधिकारीहरुबाट व्यापक विरोध भएपछि आयोग बाध्य भएर थारु र मुस्लिमलाई मधेशीको सुचीबाट हटाएको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);