मधेशी जनताकै मत लिएर मधेशी जनतामाथि नै गोली चलाउनेलाई मत नदिनुस् : नेता महतो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

धनुषा, ६ मंसिर । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले मधेशवादी दलकै पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।

मधेस र मधेशी जनताको आधारभूत आवश्यक्ता पूरा गर्ने जिम्मेवारी मधेशवादी दलको काँधमा आएको बताउँदै मधेशीको हक अधिकार, स्वाभिमान र सम्मानको रक्षाका लागि मतदान गर्न आग्रह गरेका हुन् । धनुषाको नगराइन नगरपालिकास्थित लगमा बुधबार चुनावीसभालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

धनुषा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका नेता महतोले भने– “मधेशी जनताकै मत लिएर मधेशी जनतामाथि नै गोली चलाउने हत्यारालाई यस पटकको निर्वाचनबाटै मधेशी जनताले हिसाब लिने छ ।”

आफूहरुको आन्दोलन मधेशअधिकार सम्पन्न नभएसम्म जारी रहने उल्लेख गर्दै उनले मधेशी जनतालाई अधिकार सम्पन्न नबनाएसम्म आन्दोलन जारी रहेन दाबी समेत गरे ।

नेता महतोले राजपा जिते मात्रै मधेशको जित हुने बताउँदै “मधेशलाई अधिकार सम्पन्न र बराबरीको हक दिलाउन राजपालाई जिताउनुस् भने ।”

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);