मधेशीका अधिकार खोस्ने नेतामाथि प्रहार गर्न उम्मेदवारी : महतो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

धनुषा, २१ कात्तिक । राजपा नेता राजेन्द्र महतोले मधेशी जनताको अधिकार खोस्ने नेतामाथि प्रहार गर्नका लागि आफू धनुषा निर्वाचन क्षेत्र नं ३ बाट चुनावी मैदानमा उत्रेको बताएका छन् ।

विगतमा जस्तो मधेशी जनताको मतको दुरुपयोग रोक्नका लागि पनि आफू यस क्षेत्रबाट चुनाव लड्नुपरेको उनले स्पष्ट पारे ।

धनुषामा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, “मधेशको भोट लिएर मधेशीलाई नै समाप्त गर्ने नेताहरुले विगतमा यही क्षेत्रबाट प्रतिनिधित्व गरेका थिए, यसपटक त्यसलाई तोड्नका लागि म उम्मेदवार बनेको हुँ ।”

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);