नेपाली कांग्रेसलाई सहयोग गर्न १४५ स्थानको उम्मेदवारी फिर्ता लिने राप्रपाको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८३, शुक्रबार

नेपाली कांग्रेसलाई सहयोग गर्न १४५ स्थानको उम्मेदवारी फिर्ता लिने राप्रपाको निर्णय

काठमाडौं, २२ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा नेपाली कांग्रेसलाई सहयोग गर्ने उद्देश्यले पार्टीका तर्फबाट परेको उम्मेदवारीमध्ये मुलुकका १४५ स्थानको उम्मेदवारी फिर्ता लिने निर्णय गरेको छ।

पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाको अध्यक्षतामा आज केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले काठमाडौँ, सल्यान र भक्तपुरको उम्मेद्वारी कायम राख्ने निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख एवं प्रवक्ता सुशीलकुमार श्रेष्ठले जानकारी दिए।

उक्त बैठकले आगामी मंसिरको पहिलो सातादेखि दोस्रो सातासम्म विराटनगर, वीरगञ्ज, धनगढी र पोखरामा चुनाव केन्द्रित आमसभा आयोजना गर्ने निर्णयसमेत गरेको छ।