आफ्ना उम्मेदवारलाई फिर्ता बोलाएर प्रभु साहलाई सघाउने माओवादीको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आफ्ना उम्मेदवारलाई फिर्ता बोलाएर प्रभु साहलाई सघाउने माओवादीको निर्णय

काठमाडौं । माओवादी केन्द्र रौतहटले आफ्ना उम्मेदवार धिरज पटेललाई फिर्ता बोलाएर स्वतन्त्र उम्मेदवार प्रभु साहलाई सर्मथन गर्ने निर्णय गरेको हो । आज बसेको पार्टीको प्रदेश सदस्यहरूको बैठकले अनाैपचारिक रुपमा यस्तो निर्णय गरेको स्राेतकाे भनाइ छ । केन्द्रीय गठबन्धन निर्णयअनुसार  रौतहट–३ को स्वतन्त्र उम्मेदवार साहलाई जिताउने तथा धिरज पटेललाई उम्मेदवारी फिर्ता लिने लगाउने निर्णय भएको हो ।

यस्तै, सम्पूर्ण गठबन्धनका उमेदवारलाई जिताउने निर्णय पनि भएको छ । साथै चार वटा क्षेत्रमा कमाण्ड र आठ वटा प्रदेशसभाको संयोजक गठन भएको छ । जिल्ला स्तरीय चुनाव परिचालन चार सदस्य समिति गठन गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);