चुनाव हार्ने डरले कांग्रेस कार्यकर्तालाई फकाउँदै किसान श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

चुनाव हार्ने डरले कांग्रेस कार्यकर्तालाई फकाउँदै किसान श्रेष्ठ

बारा । जनमत र कार्यकर्ता पनि नभएको पार्टीबाट बारा क्षेत्र नं.४ को प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका एकिकृत समाजवादीका नेता किसान श्रेष्ठ यति बेला नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता फकाउँनमा व्यस्त देखिएका छन् ।

टिकट वितरणलाई लिएर असन्तुष्टि जनाउँदै आएको कांग्रेसले निर्वाचनमा असहयोग गर्ने देखे पछि श्रेष्ठले कांग्रेसका नेता फकाउँन थालेका हुँन् । आफ्नों समेत केही प्रतिशत लगानी रहेको सिमरा स्थित होटल क्लासिकमा बोलाएर समाजवादीका उम्मेदवार श्रेष्ठले कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरुलाई फकाउँने अभियान सुरु गरेका हुँन् । कांग्रेस नेतालाई फकाउँने क्रममा श्रेष्ठले तनँहु–१ नेपाली कांग्रेसका बरिष्ठ नेतालाई छोडेर आँफू बारा आएको बताउँने गरेका छन् । तर, उक्त क्षेत्रमा बरिष्ठ नेता पौडेलले टिकट पाउँने भए पछि उनी पार्टीको जनधार नैं भएको बारा ४ मा आएका हुँन् ।

श्रेष्ठ नेपाली कांग्रेस र माओवादी केन्द्रको मतदाताको भर परेर उम्मेदवार बनेका छन् । तर, श्रेष्ठको उम्मेदवारीसँगै स्थानीय कांग्रेसका नेता कार्यकर्तामा असन्तुष्टि चुलिएको छ । तनँहुबाट टिकट नपाउँने देखे पछि बारा क्षेत्र नम्बर ४ मा रोज्ने निर्णयमा पुगेका श्रेष्ठलाई अहिले आफ्नों निर्णय आँफै माथि भारी पर्न थालेको छ । एकिकृत समाजवादीको कमजोर जनमत हुँदाहुँदै पनि ठुलो पार्टीलाई पन्छाएर टिकट हत्याउँन सफल भएका श्रेष्ठले कांग्रेसका मतदातालाई रिझाउँ गरीरहेको प्रयासले उनलाई आफ्नो निर्णय आफै माथि भारी पर्न थालेको पुष्टि भएको छ । तर कांग्रेस कार्यकर्ताहरु भने नेतृत्वले जिल्लाको राजनीतिक अवस्थाको बारेमा जानाकारी नै नराखि श्रेष्ठलाई कार्यकर्ताको भावना विपरीत उम्मेद्ववार बनाएको भन्दै असन्तुष्ट छन् । पर्यटक उम्मेद्ववारका रुपमा चुनाव लढ्न आएका श्रेष्ठले जति प्रयास गरे पनि कांग्रेस समर्थकको मत भने प्राप्त गर्ने अहिलेको अवस्थाले देखिदैन । यस क्षेत्रमा कांग्रेस बलियो र धेरै जनमत भएको पार्टी हो । मधेसवादी दलहरु छिन्नभिन्न बनेको अवस्थामा एमाले पछि कांग्रेस नैं अहिले यहाँ पहिलो शक्तिको रुपमा छ ।

यति बलियो जनमत हुँदाहुँदै पनि कांग्रेसले यस क्षेत्रमा एउटा पनि टिकट नैं प्राप्त गर्न सकेन । क्षेत्र नम्बर ४ को ’क’ मा माओवादी र ’ख’ मा लोसपाले उम्मेदवारी दिएको छ । यस अघि भएको स्थानीय तहको निर्वाचनमा पनि जीतपुरसिमरा उपमहानगरपालिकाबाट कांग्रेसले पाँच दलीय गठबन्धनबाट उपप्रमुख पदमा मात्रै उम्मेदवारी पाएको थियो । तर, गठबन्धनका उम्मेदवार राजन पौडेल विजयी हुँदा गठबन्धने दिएको धोकाकै कारण कांग्रेस उम्मेदवार मेघा शाही भने पराजित हुँनु परेको थियो ।

नगर प्रमुख निर्वाचत भएको आधार देखाएर माओवादी केन्द्रले यस निर्वाचनमा प्रदेशसभा ४ (क) तर्फको टिकट समेत प्राप्त गरेको छ । कांग्रेसलाई भर्याङ बनाएर मओवादीले यस क्षेत्रमा आफ्नो उम्मेद्ववार उठाउँदै आएको छ । यसले गर्दा कांग्रेस पार्टीको अस्तित्व नै समाप्त हुँने देखे पछि कांग्रेसका अगुवा नेता इच्छाबहादुर वाग्ले र नारायणी रायमाझीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।

पार्टीका कार्यकर्ताको भावना माथि निरन्तर प्रहार भएको भन्दै उम्मेदवारी दिएको बताउँने रायमाझी भने पार्टीमा उचित पद पाउँने भए पछि स्वतन्त्र चुनावी अभियानबाट पछि हटेकी छन् । कार्यकर्ताको भावनाको कदर नभएको बताउँने रायमाझीले अन्तिम समयमा पार्टीले पदीय जिम्मेवारी दिने भए पछि काठमाण्डौं गएर स्वतन्त्र उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन् । तर, स्वतन्त्र उम्मेदवारी दर्ता गराएका वाग्ले भने अझै चुनावी मैदानमा छन् ।

वाग्लेले चुनावी प्रचारलाई तीव्र पार्दै लगेका छन् । कांग्रेसलाई जिवन्त राख्न आँफूले उम्मेदवारी दिएको वाग्लेको भनाइ छ । कांग्रेसको उम्मेदवार नैं नभएको ठाँउमा आफ्नों उम्मेदवारी एउटा विकल्प भएको वाग्लेको भनाइ छ । वाग्लेको प्रचारमा दैनिक सयौं कांग्रेस कायकर्ता र शुभेच्छुक सक्रिय देखिन्छन् । यता केन्द्रको शक्ति प्रयोग गरेर टिकट ल्याएका श्रेष्ठ भने वाग्लेको उम्मेदवारीले तनावमा परेका छन् । उनले उम्मेदवारी फिर्ता गराउँन प्रयास गरे पनि वाग्ले अडिग देखिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);