बाराबाट चुनाव लडिरहेका पूर्व मन्त्री किसान श्रेष्ठले आँफैलाई मतदान गर्न नपाउँने | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८०, मंगलबार

बाराबाट चुनाव लडिरहेका पूर्व मन्त्री किसान श्रेष्ठले आँफैलाई मतदान गर्न नपाउँने

श्याम गुप्ता, बारा । बाराबाट चुनाव लडिरहेका कृष्ण कुमार (किसान) श्रेष्ठको तनहुँको ब्यास नगरपालिका ४ दमौलीमा मतदाता नामावली रहेकाले उनले यहाँबाट मतदान गर्न नपाउँने भएका छन् । मंसिर ४ गते हुँने निर्वाचनमा यस पाली बारा क्षेत्र नम्बर ४ क प्रतिनिधि सभाबाट आफ्नों उम्मेदवारी दिएका श्रेष्ठले आँफैलाई मतदान गर्न नपाउँने भएका हुँन् । प्रत्यक्ष तर्फ मतदानका लागि सम्बन्धित मतदान केन्द्र मैं पुग्नु पर्ने कानूनी व्यवस्था रहेकाले उनले बाराबाट मतदान गर्न नपाउँने निर्वाचन आयोगले जनाएको छ ।

पूर्वमन्त्री समेत रहेका श्रेष्ठको मतदान केन्द्र ब्यास नगरपालिका वडा नं.४ दमौलीको मदरसा आधारभूत विद्यालय साँखरमा रहेकाले उनले प्रत्यक्ष तर्फका उम्मेदवारलाई मत दिने हो भने तनहुँ मैं जानु पर्ने समेत आयोगले जनाएको छ । तर, बारा ४ मा चुनाव लडेकाले उनी यस पटक भने मतदानका लागि तनहुँ पुग्न नसक्ने देखिएको छ । नेता श्रेष्ठले आँफू बारा आएर चुनाव लड्ने वा तनहुँ मैं लड्ने भन्ने निधो नभइसकेकाले मतदाता नामावली सार्न नसकिएको र यस पटक आँफू मतदानबाट बञ्चित हुँनु परेको बताए । आफ्नों क्षेत्र छाडेर अन्यत्र चुनाव लड्ने नेता श्रेष्ठ एक्ला व्यक्ति भने होइनन् । श्रेष्ठ जस्तै देशभरका धेरै उम्मेदवारले आँफूलाई नैं मत हाल्न नपाउँने भएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);