विभिन्न पार्टी परित्याग गरी जीतपुरका युवा जमात एमालेमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विभिन्न पार्टी परित्याग गरी जीतपुरका युवा जमात एमालेमा प्रवेश

श्याम गुप्ता, बारा । बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ स्थित जीतपुरका युवा जमात एमालेमा प्रवेश गरेका छन् । जीतपुरमा आयोजित एक कार्यक्रमका बिच विभिन्न पार्टीमा सक्रिय रहँदै आएका २० जना भन्दा बढी युवाहरु एमालेमा प्रवेश गरेका हुँन् । ती युवा जमातलाई नेकपा एमालेका पोलिटव्युरो सदस्य एवंम् पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, बारा क्षेत्र नं.४(क) प्रदेशसभा सदस्य उम्मेदवार देवनारायण चौधरी, वडा नं.७ का अध्यक्ष सुनिल गुप्ता, वडा नं.६ का अध्यक्ष कैमुदिन अंसारी, वडा नं.३ का अध्यक्ष ताराबहादुर कार्की लगायतले स्वागत गरेका थिए ।

युवाहरुको समूहलाई स्वागत गर्दै पूर्वमन्त्री पौडेलले एमालेको जितले मात्रै बारा क्षेत्र नं.४ मा विकासले गति लिने बताए । उनले एमाले जिताउँने अभियानमा हातेमालो गर्दै अघि बढ्न कार्यकर्ता र सर्वसाधारणलाई आग्रह गरेका थिए । राष्ट्रिय युवा संघ नेपाल जीतपुरसिमरा नगर कमिटीका सचिव आयुब खानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको साे कार्यक्रममा ती युवा जमातले पार्टी प्रवेश गरेका हुँन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);