प्रदेश २ : माओवादी परित्याग गरेर एमाले प्रवेश गर्ने स्थानीय तहका प्रमुख तीन पुगे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रदेश २ : माओवादी परित्याग गरेर एमाले प्रवेश गर्ने स्थानीय तहका प्रमुख तीन पुगे

काठमाडौं । नेकपा माओवादी परित्याग गरी नेकपा एमाले प्रवेश गर्ने स्थानीय तहका प्रमुखको संख्या तीन पुग्ने भएको छ । माओवादीबाट विजयी जगन्नाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएलगत्तै एमाले प्रवेश गर्ने प्रदेश २ मा स्थानीय तहका अध्यक्षको संख्या तीन पुग्न लागेको हो । 

ओलीले सोही गाउँपालिकाका अध्यक्ष मियाँलाई पार्टी प्रवेश गराउन आज पर्सामा आयोजित आमसभालाई सम्बाेधन गर्न जाँदैछन् । अध्यक्ष ओलीसँग उपाध्यक्ष विष्णुप्रसाद पौडेल पनि पर्सा पुग्दैछन ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टीलाई सर्वोच्च अदालतले मान्यता नदिए पछि पुनः एमाले र माओवादी केन्द्रमा विभाजित हुँदा रौतहटका मौलापुर नगरपालिका र कटहरिया नगरपालिकाका प्रमुख (मेयर)ले एमाले रोजेका थिए । प्रदेश २ की एक मात्र विजयी महिला मेयर रिनाकुमारी साह र कटहरियाका मेयर सियाराम कुश्वाहाले माओवादी परित्याग गरी एमाले रोजिसकेका छन् ।

यसैगरी, रौतहट, बारा र पर्सालगायतका जिल्लावाट माओवादीबाहेक अन्य पार्टीवाट बिजयी वडा अध्यक्ष एमालेमा प्रवेश गरिरहेको स्थायी कमिटी सदस्य प्रभु साहले जानकारी दिए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);