लुम्बिनीबाट राष्ट्रिय सभा सदस्यमा एमालेबाट खड्का र गठबन्धनबाट पाण्डे | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

लुम्बिनीबाट राष्ट्रिय सभा सदस्यमा एमालेबाट खड्का र गठबन्धनबाट पाण्डे

दाङ । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा दुईजनाको उम्मेद्वारी परेको छ । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्काले दाङ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दिएका छन् ।

चार दलीय गठबन्धनबाट उम्मेद्वारी दिएका कांग्रेसका पाण्डे यसअघि लुम्बिनी प्रदेश सभा सदस्य थिए । एमालेका तर्फबाट प्रदेश सभा सदस्य निर्वाचित उनी केही दिनअघि सांसद पदबाट राजीनामा दिएर नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

यसैगरी एमालेका तर्फबाट उम्मेद्वारी दिएका खड्का यसअघि पनि राष्ट्रिय सभा सदस्य उम्मेद्वार थिए । माओवादीबाट निर्वाचित अर्घाखाँचीका उनलाई एमाले प्रवेश गरेपछि माओवादीले कारबाही गरेको थियो ।

माओवादी कारबाही पछि रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदका लागि एमालेले उनलाई नै पुनः उम्मेद्वार चयन गरेको हो । राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन आगामी १७ गते हुँदै छ । यो राष्ट्रिय सभा सदस्यका लागि प्रदेश सभा सदस्य, तथा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने छन् ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतभार प्रदेशको १ वरावर ४८ र स्थानीय तहको १ वरावर र १८ हो । लुम्बिनी प्रदेशमा रहेका १ सय ९ स्थानीय तहमा नेकपा एमालेका ९१, नेपाली कांग्रेस ६४, नेकपा माओवादी(केन्द्र) ३९, जसपा १३, राष्ट्रिय जनमोर्चा ५, राप्रपा २ र स्वतन्त्र ४ जना रहेका छन् । प्रदेश सभामा नेकपा एमाले ४२ जना सांसदमध्ये बिमला ओलीले माओवादी केन्द्रमा प्रवेश गरेकी छन् ।

त्यसैगरी एमालेबाट प्रदेश सभामा निर्वाचित अमर बहादुर डाँगीले राजीनामा दिएका छन् । अहिले एमालेका ३९ जना सांसद छन् । नेपाली कांग्रेसका १९, नेकपा माओवादी(केन्द्र)का १८, राष्ट्रिय जनमोर्चा १, राजपा उपेन्द्र पक्षका २ जना सांसद छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);