खेलकुद

सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप शुरु

काठमाडौं ।

चितवनको रत्ननगर नगरपालिकामा शुक्रवारदेखि चारदिने अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप शुरु भएको छ । रत्ननगर नगरपालिकामा एक सामारोहकाबीच प्रथम सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप शुरु भएको हो । वागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली काँग्रसका नेता इन्द्र बानियाँले पानसमा दीप प्रज्वलन गरी चारदिने प्रतियोगिताको उद्घाटन गरे । उद्घाटनका अवसरमा नेपाली तेक्वान्दो डेमोन्स्ट्रेसन टोलीले आफ्नो डेमोन्स्ट्रेसन प्रश्तुती दिएका थिए । कार्यक्रममा चितवन तेक्वान्दो डोजाङको भवन निर्माणमा योगदान पु¥याएका दीपक बाबु नेपाललाई बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँ र डोजाङ प्रमुख रोशन खानले सम्मानपत्रबाट सम्मान गरिएको थियो ।कार्यक्रममा साथै विभिन्न देशको मार्चपास्ट, स्थानीय थारु समुदायको नाचका साथै सांस्कृतिक र सांगीतिक प्रश्तुती पनि प्रतियोतिाको आकर्षण बनेको थियो । सो कार्यक्रमममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बानियाँले खेलकुदको देशको प्रतिष्ठा बढाउने माध्यम मात्र नभएर स्वस्थ नागरिक निर्माणको माध्यम पनि रहेकाले यसको विकासका लागि राज्यले लगानी बढाउनुपर्ने बताए । हरेक नागरिकले आफ्नो मानसिक स्वास्थ्यका लागि पनि खेल खेल्न आवश्यक रहेको औंल्याउँदै बानियाँले राज्यले यसतर्पm जनतालाई अग्रसर गराउनुपर्ने धारणा राखेका छन् ।नेपाली काँग्रेसका केन्द्रिय सदस्यसमेत रहेका बानियाँले बागमती प्रदेश सरकारले चितवनलाई नेपालकै पर्यटकीय नगरीका रूपमा विकास गर्दै यस प्रदेशका खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन लगानी गर्दै आएको बताएका छन् । नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि चितवनका सबै स्थानीयले सहयोग गरेको उल्लेख गर्दै यसै प्रतियोगिता आयोजना गर्न भौतिक पूर्वाधार आवश्यक रहेको औंल्याए । विभिन्न देशका खेलाडीहरूले सुविधा सम्पन्न खेल पूर्वाधार प्रतिष्पर्धा गर्न पाएको खण्डमा विश्वभर नेपालबारे राम्रो सन्देश जाने र खेलाडी उत्पादनमा पनि मद्दत मिल्ने संघका अध्यक्ष गुरुङको भनाइ थियो ।

चितवन तेक्वान्दो डोजाङको आयोजनामा शुरु भएको प्रतियोगिता कात्तिक १५ गतेसम्म सञ्चालन हुनेछ । चितवन तेक्वान्दो डोजाङका प्रमुख रोशन खानले प्रतियोगिताको प्रतिष्पर्धा शनिवारदेखि शुरु हुने जानकारी दिए । च्याम्पियनसिपमा पुम्से र ग्योरोगी विधाअन्तर्गत विभिन्न उमेर तथा तौलसमूहमा प्रतिष्पर्धा हुँदैछन् । नेपालसहित भारत, माल्दिभ्स, मलेसिया, अस्ट्रेलिया, बंगलादेश, सिंगापुर, साउदी अरेबिया र जापानलगायतका करिव आठ सय खेलाडीले प्रतियोगितामा प्रतिष्पर्धा गर्ने अन्तर्राष्ट्रिय संयोजक अशोक खड्काले जानकारी दिए । टिम च्याम्पियनले ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार र तेस्रो हुने टोलीले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताका संयोजक प्रज्वल दवाडीले ग्यरोगीतर्पm सब जुनियर (९–११ वर्ष), क्याडेट (१२–१४ वर्ष), जुनियर (१५–१७ वर्ष) र सिनियर (१८ वर्षमाथि) तथा पुम्सेमा गरी कुल ६४ स्वर्ण, ६४ रजत र १२८ काँस्य पदकका लागि प्रतिष्पर्धा हुने बताए । प्रतियोगिताका अन्तर्राष्ट्रिय संयोजक अशोक खड्काले उत्कृष्ट पुम्से पुरुष, उत्कृष्ट पुम्से महिला, उत्कृष्ट ग्योरोगी पुरुष, उत्कृष्ट ग्योरोगी महिला, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट रेफ्रीलाई जनही १०० अमेरिकी डलर पुरस्कार प्रदान गरिने जानकारी दिए । प्रतियोगिताका संयोजक प्रज्वल दवाडीले यो प्रतियोगितामार्पmत चितवन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

Related Post
Share

This website uses cookies.