कात्तिक १३ देखि प्रथम सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ११ २०८३, बुधवार

कात्तिक १३ देखि प्रथम सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप

काठमाडौँ ।

चितवनमा पहिलोपल्ट हुन लागेको अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप कात्तिक १३ गतेदेखि आयोजना हुने भएको छ । चितवन तेक्वान्दो डोजाङको आयोजनामा प्रथम सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२६ यसै कात्तिक १३ देखि १५ गतेसम्म हुने भएको हो । चितवनमा पहिलोपल्ट यति ठुलो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुन लागेको चितवन तेक्वान्दो डोजाङका प्रमुख रोशन खानले जानकारी दिए । चितवनस्थित राप्ती नगरपालिकाको भण्डारामा आयोजकले पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । नेपालका सातवटै प्रदेशसहित भारत, माल्दिभ्स, मलेसिया, अस्ट्रेलिया, बंगलादेश, सिंगापुर, साउदी अरेबिया र जापानलगायतका करिब आठ सय खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अन्तर्राष्ट्रिय संयोजक अशोक खड्काले जानकारी दिए ।

च्याम्पियनसिपमा पुम्से र ग्योरोगी विधाअन्तर्गत विभिन्न उमेर तथा तौलसमूहमा प्रतिष्पर्धा हुनेछ । रत्ननगरपालिकास्थित सौराहको रत्ननगर सभाहलमा खेल हुने भएको छ ।  चितवन तेक्वान्दो डोजाङका रोशन खानले चितवनमा तेक्वान्दो खेलको विकास गर्ने र नेपाली खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको अवसर दिने उद्देश्यले सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप आयोजना गर्न लागिएको बताए । टिम च्याम्पियनले ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार र तेस्रो हुने टोलीले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताका संयोजक प्रज्वल दवाडीले ग्यरोगीतर्पm सब जुनियर (९–११ वर्ष), क्याडेट (१२–१४ वर्ष), जुनियर (१५–१७ वर्ष) र सिनियर (१८ वर्षमाथि) तथा पुम्सेमा गरी कुल ६४ स्वर्ण, ६४ रजत र १२८ कांस्य पदकका लागि प्रतिष्पर्धा हुने बताए ।

नेपाल तेक्वान्दो संघ, बागमती प्रदेश तेक्वान्दो संघ र चितवन जिल्ला तेक्वान्दो संघको सहयोग तथा समन्वयमा उक्त च्याम्पियनसिप हुँदै छ । प्रतियोगिताका अन्तर्राष्ट्रिय संयोजक अशोक खड्काले उत्कृष्ट पुम्से पुरुष, उत्कृष्ट पुम्से महिला, उत्कृष्ट ग्योरोगी पुरुष, उत्कृष्ट ग्योरोगी महिला, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट रेफ्रीलाई जनही १०० अमेरिकी डलर पुरस्कार प्रदान गरिने जानकारी दिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीबीच प्रतिष्पर्धा गराउँदै उनीहरूको क्षमता अभिवृद्धि र अनुभव आदानप्रदान गर्ने लक्ष्य आयोजकको छ । साथैे खेलमार्पmत सौराहाको पर्यटन प्रवद्र्धनसँग पनि जोड्ने बताइएको छ । सौराहालाई खेलकुद पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्ने र चितवनको पहिचान अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने लक्ष्य राखिएको आयोजकको भनाइ छ ।

Leave a Reply

ताजा समाचार