भर्चुअल तेक्वान्दो च्याम्पियनसिपमा विदेशी निर्णायक रहने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

भर्चुअल तेक्वान्दो च्याम्पियनसिपमा विदेशी निर्णायक रहने

काठमाडौं, २१ कार्तिक । ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’मा विभिन्न राष्ट्रका निर्णायकले खेलाडीको मूल्यांकन गर्ने भएका छन् । नेपालमा पहिलो पटक आयोजना हुन लागेको बृहत अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा अस्ट्रेलिया, म्यानमार, भारत र नेपालका निर्णायक रहने बताइएको छ ।

शनिबार र आइतबार आयोजना हुने च्याम्पियनसिपमा अन्तर्राष्ट्रिय रेफ्रीहरु अस्ट्रेलियाका र्यान राजेन्द्र, म्यानमारका अनुक न्यान र भारतका अतुल पानगोत्रा र नेपालका रवीन्द्र मल्लले निर्णायकको भूमिका निर्वाह गर्नेछन् । च्याम्पियनसिपमा नेपालसहित १९ राष्ट्रका तीन सय ६२ खेलाडीले प्रतिस्पर्धा गर्दै छन् ।

च्याम्पियनसिपमा नेपालका एक सय ९० र हङकङ, मलेसिया, श्रीलंका, भारत, म्यानमार, मकाउ, सुरिनेम, थाइल्यान्ड मेक्सिको, अस्ट्रेलिया, जापान, नाइजेरिया, बंगलादेश, टिमोर, बेलायत, दक्षिण कोरिया, फिलिपिन्स र कम्बोडियाका गरि एक सय ७१ खेलाडीले सहभागिता जनाएका छन् ।

युनाइटेड तेक्वान्दो डोजाङ, सीतापाइला तेक्वान्दो डोजाङ, सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङ र पिङ्ला तेक्वान्दो डोजाङको संयुक्त पहलमा च्याम्पियनसिप आयोजना हुन लागेको हो ।

च्याम्पियनसिपमा १०, १२, १४, १७, २१, २९, ४०, ५० बर्ष मुनिका र ५० वर्षभन्दा माथिका उमेर समूहमा प्रतिस्पर्धा हुनेछ । महिला तथा पुरुषका लागि एउटै उमेर समूह निर्धारण गरिएको छ । हरेक उमेर समूहका लागि पुम्सेका छुट्टाछुट्टै बिधा तोकिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);