निशिमुरा कराते च्याम्पियनसिपमा नेपाललाई १६ स्वर्णसहित ३५ पदक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

निशिमुरा कराते च्याम्पियनसिपमा नेपाललाई १६ स्वर्णसहित ३५ पदक

काठमाडौं, १७ कार्तिक । सातौं संस्करणको निशिमुरा कप अनलाईन कराते च्याम्पियनसिपमा नेपालले १६ स्वर्णसहित कुल ३५ पदक जितेको छ । फिलिपिन्स कराते लिगले आयोजना गरेको भर्चुअल प्रतियोगितामा नेपाल १६ स्वर्ण, १२ रजत र ७ कास्य पदक प्राप्त गरेको छ ।

नेपालका लागि रविन्द्र मानन्धर, सन्जु देशार, सुभाष घटन, सुभाष कार्की, मनिस कार्की, शत्कर घर्ति मगर, अनुभा मग्रान्ति, सुबिता गौतम, गरिमा मगर, रोशमा राई र रिना श्रेष्ठले स्वर्ण पदक जितेका हुन् ।

यस्तै जगत सिंह धनुक, सोनिम मानन्धर, न्यान्सी क्षेत्री, न्हुजः मान शाक्य, रुद्राक्ष देवकोटा र निता आचार्यले रजत पदक जितेका छन् । नेपालका जुलियाना मोक्तान, डिप्सन सापकोटा, हेरेन्जेन लामा र आरव देवकोटाले कांस्य पदक हात पारे । च्याम्पियनसिपमा १६ देशका २ सय ३२ खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);