लगातार तेस्रो पल्ट विश्व एथ्लेटिक्स च्याम्पियन बने मोहम्मद फराह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

साउन २१ , काठमाण्डौँ । बेलायतका मोहम्मद फराहले विश्व एथ्लेटिक्स च्याम्पियनसिपमा १० हजार मिटर दौडमा स्वर्ण पदक जितेका छन् ।

लण्डन स्टेडियममा भएको प्रतिस्पर्धामा फराहले स्वर्ण पदक जितेका हुन् । स्वर्ण पदक जितेका फराहले निर्धारित दूरी २६ मिनेट ४९ दशमलव ५१ सेकेण्डमा पूरा गरे । उनले विश्व एथ्लेटिक्स च्याम्पियनसिपमा लगातार तेस्रो पटक स्वर्ण पदक जितेका हुन् । यो स्पर्धामा युगाण्डाका जोशुए चेपटेगेइले रजत तथा केन्याका पउल तानुइले काश्य पदक जितेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);