विश्व चाङ्मोक्वान तेक्वान्दो च्याम्पियनसिपमा श्रेष्ठलाई स्वर्ण पदक | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८२, आइतबार

विश्व चाङ्मोक्वान तेक्वान्दो च्याम्पियनसिपमा श्रेष्ठलाई स्वर्ण पदक

काठमाडौं । विश्व चाङ्मोक्वान तेक्वान्दो च्याम्पियनसिपमा युवा खेलाडी शिशिर श्रेष्ठले स्वर्ण पदक जितेका छन्। थाइल्यान्डको विश्व तेक्वान्दो चाङ्मोक्वान हेडक्वार्टरद्वारा आयोजित च्याम्पियनसिपमा शिशिरले ३० वर्षमुनि उमेर समूहको पुम्सेमा स्वर्ण जितेका हुन्। उनले सिंगापुरका लिम नियानलाई पछि पार्दै सफलता प्राप्त गरेका हुन । शिशिरले ६.५३२ स्कोर र लिमले ६.१६५ स्कोर पाएका थिए। सोही विधामा कोलम्बियाका सेबास्टियन मोरा ५.२० स्कोरका साथ तेस्रो भए।लेभल वान इन्टरनेसनल कोचको कोर्स पूरा गरेका शिशिरले १३औं सागमा टिम पुम्सेतर्फ कांस्य जितेका थिए।

Leave a Reply

ताजा समाचार