अनलाइन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा आयशा र पार्वतीलाई स्वर्ण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अनलाइन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा आयशा र पार्वतीलाई स्वर्ण

नेपाल, १९ असोज । नेपालका आयशा शाक्य र पार्वती गुरुङले प्रथम बंगलादेश तेक्वान्दो अनलाइन अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सोमबार अनलाइनमार्फत भएको च्याम्पियनसिपमा ४० वर्ष मूनिको उमेर समूहमा पहिलो स्थान प्राप्त गर्दै आयशाले स्वर्ण पदक जितेकी हुन् ।

१३ औं दक्षिण एसियाली खेलकुद सागमा दोहोरो स्वर्ण पदक विजेता आयशा अनलाइन प्रतिस्पर्धामा पहिलो सहभागीतामै स्वर्ण पदक हात पर्न सफल भएकी हुन् । यसैगरी पार्वतीले ३० वर्षमुनि उमेर समूहमा स्वर्ण जितेकी हुन् ।

पार्वतीले स्वर्ण जितेको स्पर्धामा नेपाल कै निता गुरुङले रजत पदक हात पारिन् । पुरुष २४ वर्षमुनिको स्पर्धामा कृष्णबहादुर तामाङले रजत हात पारे भने दीपेन्द्र गुरुङ छैटौं स्थानमा रहे । सोही उमेर समूहको महिला स्पर्धामा सिना मादेनले रजत पदक हात पारिन ।

अनलाइन पुम्सेमा भाग लिएका नेपाली ६ मध्ये पार्वती नेपाल पुलिस क्लबकी र बाँकी त्रिभुवन आर्मी क्लबका खेलाडी हुन् । सेनाको लगनखेलस्थित आर्मी फिजिकल टेर्निङ एन्ड स्पोर्टस सेन्टरबाट खेलाडीले अनलाइन प्रदर्शन गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);