स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडकोे सहज जित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडकोे सहज जित

एजेन्सी, १९ असोज । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा रियलले लेभान्टेलाई २–० गोल अन्तरले पराजित गर्दै सहज जित निकालेको हो ।

लेभान्टेको मैदानमा रियललाई जित दिलाउन भिनिसियस जुनियर र करिम बेन्जिमाले एक एक गोल गरे । खेलको १६ औं मिनेटमा जुनियरको गोलबाट रियलले अग्रता बनाएको थियो । त्यसपछि खेलको इन्जुरी समयमा बेन्जिमाले गोल गर्दै रियललाई २–० को जित दिलाए ।

जितसँगै रियल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । रियलले ४ खेलमा ३ जितसहित १० अंक जोडेको छ । लेभान्टे ४ खेलमा ३ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);