स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडद्वारा इल्चे पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडद्वारा इल्चे पराजित

एजेन्सी, १ चैत। स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले जित निकालेको छ ।

शनिबार राति भएको खेलमा रियलले इल्चेलाई २–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा करिम बेन्जिमा चम्किएपछि रियलले पुनरागमन जित निकालेको हो ।

खेलको ६१ औं मिनेटमा डानी काल्भोले गोल गर्दै इल्चेलाई अग्रता दिलाएका थिए । तर, खेलको ७३ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई १–१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको इन्जुरी समयमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २–१ को जित दिलाए ।

जितसँगै रियलले २७ खेलमा ५७ अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ भने पराजित भएको इल्चे २४ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);