ला लिगामा साविक विजेता रियल मड्रिडको जित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ला लिगामा साविक विजेता रियल मड्रिडको जित

एजेन्सी , २५ माघ । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले पुनरागमन जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा रियलले हुयस्कालाई २–१ गोल अन्तरले पराजित गर्दै पुनरागमन जित निकालेको हो ।

हुयस्काको मैदानमा एक गोलले पछि परेपनि रियलले पुनरागमन गर्दै जित निकालेको हो । रियलको जितमा राफायल भरानले दुई गोल गरे भने हुयस्काका जाभी गलनले एक गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४८ औं मिनेटमा जाभीको गोलबाट घरेलु टोलीले अग्रता बनाएको थियो । तर, भरान चम्किएपछि रियलले उत्कृष्ट पुनरागमन गर्यो ।

खेलको ५५ औं मिनेटमा भरानले गोल गर्दै रियललाई १–१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको ८४ औं मिनेटमा भरानले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-१ को जित दिलाए ।

जितसंगै रियल २१ खेलमा ४३ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित हुयस्का १६ अंक जोडेर पुछारमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);