सिरी ए फुटबलमा युभेन्टससँग रोमा पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सिरी ए फुटबलमा युभेन्टससँग रोमा पराजित

एजेन्सी, २५ माघ । इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको होडमा रहेको साबिक विजेता युभेन्टसले जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा युभेन्टसले रोमालाई २–० गोल अन्तरले पराजित गर्दै तालिकाको तेस्रो स्थानमा पुग्न सफल भएको हो ।

युभेन्टसका लागि १३ औँ मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गरे । उनले यो सिजन लिगमा २३ औँ गोल गरेका हुन् । ६९ औँ मिनेटमा रोमाका इबानेज डा सिल्भाले आत्मघाती गोल गरे ।

जितपछि २० खेलबाट ४२ अंकसहित युभेन्टस तेस्रो स्थानमा पुगेको छ । ४० अंकसहित रोमा चौथो स्थानमा झरेको छ । शीर्ष स्थानको इन्टर मिलानको २१ खेलबाट ४७ तथा दोस्रो स्थानको एसी मिलानको २० खेलबाट ४६ अंक छ ।

त्यस्तै शनिबार राति नै भएका खेलमा स्पेजियाले सासुओला तथा जेनोआले नापोलीलाई समान २–१ ले पराजित गरेका छन् भने एट्लान्टा र तोरिनोले ३–३ को बराबरी खेलेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);