सिरी ए : लिग लिडर युभेन्टस र इन्टर मिलानको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सिरी ए : लिग लिडर युभेन्टस र इन्टर मिलानको जित

juventusvstorino

एजेन्सी, १ पुष । इटालियन सिरी ए मा लिग लिडर युभेन्टसले जित हात पारेको छ । शनिबार राति भएको खेलमा युभेन्टसले टोरिनोलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

युभेन्टसको जितमा क्रिष्टियानो रोनाल्डोले गोल गरे । पहिलो हाफमा युभेन्टसलाई गोलरहित बराबरीमा रोकेको टोरिनोले खेलको दोस्रो हाफमा गोल खान पुग्यो ।

खेलको ७० औं मिनेटमा युभेन्टसले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । बाँकी समयमा गोल हुन नसकेपछि खेल युभेन्टसले १–० गोलले जितेको हो ।

शनिबार राति नै भएको अर्को खेलमा इन्टर मिलानले उडिनेसलाई १–० गोलले नै पराजित गरेको छ । जितपछि शीर्ष स्थानमा रहेको युभेन्टसले १६ खेलबाट ४६ अंक बनाएको छ । पराजित टोरिनोको भने २२ अंक रहेको छ ।

लिगको दोस्रो स्थानमा भने नेपोलीको १५ खेलबाट ३५ अंक रहेको छ । लिगको तेस्रो स्थानमा रहेको इन्टर मिलानको भने १६ खेलबाट ३२ अंक रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);