इटालियन सिरी ए फुटबलमा युभेन्टसको सहज जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

इटालियन सिरी ए फुटबलमा युभेन्टसको सहज जित

एजेन्सी, २३ फागुन। इटालियन सिरी ए फुटबलमा युभेन्टसले जित निकालेको छ ।

शनिबार राति घरेलु मैदानमा भएको खेलमा युभेन्टसले लाजिओलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । १४ औँ मिनेटमा गोल गरेर सुरुवाती अग्रता बनाएको लाजिओलाई ३९ औँ मिनेटमा राबिओतले युभेन्टसका लागि गोल गरेसँगै बराबरीमा आयो ।

त्यसपछि अल्भारो मोराटाले टिमका लागि दुई गोल गरेर जित दिलाए । उनले ५७ औँ र ६० औँ मिनेटमा गोल गरेका हुन् ।

जितपछि तेस्रो स्थानको युभेन्टसको २५ खेलबाट ५२ अंक भएको छ । दोस्रो स्थानको एसी मिलानको २५ खेलबाट ५३ तथा शीर्ष स्थानको इन्टर मिलानको २५ खेलबाट ५९ अंक छ ।

लिग अन्तर्गत शनिबार राति भएका अन्य खेलमा युडिनेसले सासुओलोलाई २–० ले पराजित गर्दा स्पेजिया र बेनेवेन्तोले गोलरहित बराबरी खेलेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);