क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकसँगै इटालियन सिरी ए फुटबलमा युभेन्टसले सहज जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकसँगै इटालियन सिरी ए फुटबलमा युभेन्टसले सहज जित

एजेन्सी, २ चैत। इटालियन सिरी ए फुटबलमा युभेन्टसले सहज जित निकालेको छ ।

आइतबार राति अवे मैदानमा सम्पन्न खेलमा युभेन्टसले काग्लिएरीलाई ३–१ ले पराजित गरेको हो । युभेन्टसको जितमा क्रिष्टियानो रोनाल्डोले ह्याट्रीक गरेका हुन् । उनले १०, २५ र ३२ औँ मिनेटमा गोल गरे भने काग्लिएरीका लागि ६१ औँ मिनेटमा सिमेओनले एक गोल फर्काए ।

जितपछि तेस्रो स्थानको युभेन्टसको २६ खेलबाट ५५ अंक भएको छ । दोस्रो स्थानको एसी मिलान आइतबार राति नै भएको खेलमा नापोलीसँग पराजित भएको छ । पराजित भएको मिलानको २७ खेलबाट ५६ अंक छ । २६ खेलबाट ५० अंकसहित नापोली पाँचौँ स्थानमा पुगेको छ ।

लिग अन्तर्गत आइतबार राति भएका अरु खेलमा शीर्ष स्थानको इन्टर मिलानले तोरिनोलाई २–१, बोलोग्नाले साम्पडोरिया र पार्माले रोमालाई २–० ले पराजित गरेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);