'सी’ डिभिजन लिग फुटबलमा विरगंज युनाईटेड विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

‘सी’ डिभिजन लिग फुटबलमा विरगंज युनाईटेड विजयी

विरगंज, २ चैत। सहिद स्मारक ’सी’ डिभिजन लिग फुटबलमा विरगंज युनाईटेडले विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा सानेपा क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै विरगंजले विजयी सुरुवात गरेको हो ।

विरगंजलाई जित दिलाउन विवेक चौधरी, संजय चौधरी र आशालाल कुँवरले एक एक गोल गरे । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको शुरुवाती खेलको १० औं मिनेटमा विवेकले गोल गर्दै विरगंजलाई अग्रता दिलाएका थिए । २४ औं मिनेटमा उज्वलले पेनाल्टीमा गोल गर्दै सानेपालाई १–१ गोलको बराबरी दिलाए ।

खेलको ३२ औं मिनेटमा संजयले गोल गरेपछि विरगंजले २–१ को अग्रता बनायो । खेलको ३९ औं मिनेटमा आशालालले गोल गर्दै विरगंजलाई ३–१ को अग्रता दिलाएका हुन् ।त्यसपछि खेलको ४६ औं मिनेटमा सानेपाका करणले गोल गरेपछि विरगंज ३–२ ले विजयी भयो । जितसँगै विरगंजले पहिलो खेलमा ३ अंक जोड्न सफल भएकोछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);