इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनको लगातार चौंथो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनको लगातार चौंथो जित

एजेन्सी, १८ असोज । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लगातार चौंथो जित निकालेको छ ।

शनिबार राति घरेलु मैदानमा ब्राइटनलाई ४–२ गोल अन्तरले पराजित गर्दै एभर्टनले लगातार चौंथो जित निकालेको हो ।

गोडिसन पार्कमा एभर्टनलाई जित दिलाउन जेम्स रोड्रिगेजले दुई गोल गरे । यस्तै डोमिनिक लेविन र एरि मिनाले एक/एक गोल गरे । ब्राइटनका निल माउपे र युभेस बिसोउमाले एक/एक गोल फर्काए । खेलको १६ औं मिनेटमा लेविनले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए भने ४१ औं मिनेटमा माउपेले गोल गर्दै ब्राइटनलाई १–१ गोलको बराबरीमा फर्काए ।

खेलको ४५ औं मिनेटमा मिनाले गोल गर्दा पहिलो हाफमा एभर्टन २–१ ले अघि रह्यो । खेलको ५२ औं मिनेटमा रोड्रिगेजले गोल गर्दै एभर्टनको अग्रता ३–१ को बनाए । ७० औं मिनेटमा रोड्रिगेजले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–१ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा ब्राइटनका बिसोउमाले थप एक गोल फर्काएपनि एभर्टन ४–२ ले विजयी भयो ।

जितसँगै एभर्टन ४ खेलमा ४ जितसहित १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);