इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलसँग ४–३ गोल अन्तरले लिड्स युनाइटेड पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलसँग ४–३ गोल अन्तरले लिड्स युनाइटेड पराजित

एजेन्सी, २८ भदौ । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले जित निकालेको छ ।

शनिबार राति सम्पन्न सिजनको पहिलो खेलमा लिड्स युनाइटेडलाई ४–३ गोल अन्तरले पराजित गर्दै लिभरपुलले जित निकालेको हो । लिभरपुललाई जित दिलाउन मोहमद सलाहले ह्याट्रिक गरे । यस्तै भिर्गिल भान डाइकले एक गोल गरे ।

लिड्सका ज्याक ह्यारिसन, प्याट्रिक बामफोर्ड र माटेउ क्लीचले एक एक गोल फर्काए । रोमान्चक बनेको खेलको चौंथो मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

१२ औं मिनेटमा ह्यारिसनले गोल गर्दै लिड्सलाई १–१ गोलको बराबरीमा ल्याए । २० औं मिनेटमा भान डाइकले गोल गर्दा लिभरपुल २–१ ले अघि रह्यो । तर, ३० औं मिनेटमा लिड्सका प्याट्रिकले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । खेलको ३३ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा लिभरपुललाई ३–२ को अग्रता दिलाए ।

खेलको ६६ औं मिनेटमा क्लीचले गोल गर्दै लिड्सलाई ३–३ गोलको बराबरीमा ल्याए । तर, खेलको ८८ औं मिनेटमा सलाहले पेनाल्टीबाट व्यक्तिगत तेस्रो तथा ह्याट्रिक गर्दै लिभरपुललाई ४–३ को जित दिलाए । यससँगै सलाह प्रिमियर लिगको नयाँ सिजन ह्याट्रिक गर्ने पहिलो खेलाडी बने ।

च्याम्पियनसिपको उपाधि जित्दै प्रिमियर लिगमा बढुवा भएको लिड्सले भने हारबाट सिजनको सुरुवात गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);